बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 204
    SHARES
  • मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । मौसम  पूर्वनुमान महाशाखाका अनुसार  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भागमा आंशिक बदली भइरहेको छ ।

    images

    कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    images

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भेगमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।