काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।
बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले पहिले देखी नै आफु र्निदोष रहेको बताउदै आएको बताए । लामिछानेले अब देशलाई अझै माथि पुर्याउने उनको भनाई छ ।
लामिछानेले भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु ।’ ‘नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्याउनेछु’ ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।
.jpg)


