बिहीबार , कार्तिक २० गते २०८३
images
images

एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 197
    SHARES
  • एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौंसम पूवानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

    images

    यतिबेला कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी तराईका भूभागको मौसम मुख्यतया सफा रहेको छ। 

    दिउँसो कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    images

    राति कोसी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 


    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।