बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु १३ जना घाइते

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 211
    SHARES
  • पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु १३ जना घाइते

    काठमाडौं । गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। 

    images

    नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


    दुर्घटनामा निस्दी गाउँपालिका-४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको  हो । 

    images

    घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। अधिकांश घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।’