बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाँच लाख धरौटीमा रिहा भए गायक रवि ओड

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 250
    SHARES
  • पाँच लाख धरौटीमा रिहा भए गायक रवि ओड

    काठमाडौं । वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

    images

     बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो । सोहीअनुसार ओड धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओडले गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # रवि ओड