बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमडिएच र एभरेस्टका चार मसलामाथि नेपालमा प्रतिबन्ध

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 243
    SHARES
  • एमडिएच र एभरेस्टका चार मसलामाथि  नेपालमा  प्रतिबन्ध

    काठमाडौं । भारतमा उत्पादित दुईवटा मसला कम्पनीका ४ उत्पादनमा नेपालले रोक लगाएको छ । भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो ।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले एमडिएचको मिक्स मसला, साम्बर मसला, मद्रास करी मसला र एभरेस्टाके फिस मसला बिक्री र प्रयोगमा रोक लगाइएको जानकरी दिएकी छन् । उनले अन्तर्राष्ट्रिय स्तरमा यी दुई मसालका ती उत्पादनमा किटनाशक एथलिन अक्साइड पाइएको आशङ्कामा रोक लगाइएको बताइन् ।

    यसअघि हङकङ र सिङ्गापुरले एमडिएच र एभरेस्टको मसालामाथि प्रतिबन्ध लगाइसकेको छ भने बेलायतमा पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

    images

    विश्वका विभिन्न मुलुकमा निर्यात हुने यी मसालमा पाइएको भनिएको एथलिन अक्साइडको सेवनले तत्कालै स्वास्थ्यमा असर नदेखिएपनि लामो समयसम्म यसको सेवन गर्नाले क्यान्सरको जोखिम बढ्दै जान्छ।  

    एथलिन अक्साइड रङ्गहिन ग्यास हो । यसको प्रयोग टेक्सटाइल, डिर्जेन्ट, फोम, औषधि लगायतमा पनि गर्ने गरिन्छ। साथै अस्पतालमा यसको प्रयोग सर्जिकल उपकरण सफा गर्नलाई गरिन्छ ।

    एथलिन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनमा विभाजन गरिएको छ । जसले मानिसमा क्यान्सर गराउने पर्याप्त प्रमाणहरू दिएको छ । जो मानिसहरू यसको नियमित सम्पर्कमा रहन्छ उनीहरूमा आँखा, छाला, नाक, घाँटी र फोक्सोमा जलन हुन सक्छ ।