बिहीबार , कार्तिक २० गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
जेठ ५, २०८१ शनिबार
  • 261
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

    images

    यतिबेला कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी तराईका भूभागको मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    images

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।