बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 244
    SHARES
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

    images

    आज कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षासमेत भइरहेको छ।

    दिउँसो कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। देशका बाँकी भूभागमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    देशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ।

    आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।  बाँकी भूभागको मौसम आंशिक बदली रहने अनुमान छ। 


    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा राति मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोसी, मधेस र बाग्मति  प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकि पहाडी भू(भागहरुका  एक दुइ स्थानमा मेघगर्जनरचट्याङरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र बाग्मति  प्रदेशको एक(दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ्र  साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।