काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
साहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सोमबार सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ,’ । ‘जबसम्म ती चालकलाई स(सम्मान रिहा गरिन्न तबसम्म सिंहदरबार लगायत सबै दलका कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन । को(को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

.jpg)


