असोज १४ काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० क्रिकेट प्रतियोगिताको अहिले ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले अब पहिलो ब्याटिङ गर्नेछ ।
यसअघि एक जित र एक अंक बाँडेको भैरहवा ललितपुरलाई पराजित गर्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ । भैरहवाको २ खेलबाट ३ अंक रहेको छ । यता, लगातार दुई खेलमा पराजित ललितपुर पहिलो जितको खोजीमा रहेको छ । आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौ किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा स्थान बनाएको छ ।


