बिहीबार , कार्तिक २० गते २०८३
images
images

सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारीमा क्यान,अघि बढ्यो भिसा प्रक्रिया

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 299
    SHARES
  • सन्दीपलाई विश्वकप  खेल्न पठाउने तयारीमा क्यान,अघि बढ्यो भिसा प्रक्रिया

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ।

    images

    क्यानका सचिव पारस खड्काले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको बताएका हुन् । 

    मंगलबार विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ।’  ‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु,’ जारी विज्ञप्तिमा भनिएको छ । 

    images

    -sandeep-lamichhane-can_QXvcmyxBzj.jpg