बिहीबार , कार्तिक २० गते २०८३
images
images

सगरमाथा आरोहणका क्रममा दुई आरोहि बेपत्ता

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 254
    SHARES
  • सगरमाथा आरोहणका क्रममा दुई आरोहि बेपत्ता

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बेलायती नागरिक गरी दुई आरोहि बेपत्ता भएका छन् ।  

    images

    मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागले जानकारी दिएको छ । निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए।

    चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका हुन् । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    images

    बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरूको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।