बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै ,बैठकमा सरकारको नीति तथा कार्यक्रममाथी छलफल हुने

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 226
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै ,बैठकमा सरकारको नीति तथा कार्यक्रममाथी छलफल हुने

    काठमाडौ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

    images

    संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ ।

    कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन्।

    images

    यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन् । नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्नेसम्मको कार्यसूची रहेको छ ।

    सहकारी ठगि प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरुबीच सहमति अझै बन्न नसकेकोले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन । कार्यादेश टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बिहान बस्दै छ ।