शुक्रबार, भाद्र २६ गते २०८३
images

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन, यस्तो छ नयाँ खेल तालिका

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 574
    SHARES
  • साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन, यस्तो छ नयाँ खेल तालिका

    असोज १४ काठमाडौं । असोज १५ गते भोलि शुक्रवारदेखी माल्दिभ्समा शुरु हुने साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालको खेल तालिकामा सामान्य परिवर्तन भएको छ ।

    images

    यसअघि नेपालले आयोजक माल्दिभ्ससँग उद्घाटन खेल खेल्ने भनिए पनि नयाँ तालिका अनुसार अब उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भएको छ । श्रीलंका र बंगलादेशबिचको उद्घाटन खेल नेपाली समयानुसार शुक्रबार दिउँसो ४:३० बजेबाट शुरु हुने भएको छ ।

    नयाँ तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ । माल्दिभ्सविरुद्धको नेपालको खेल नेपाली समय अनुसार भोली राती ९:४५ बजेबाट शुरु हुनेछ ।

    images

    सिङ्गल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको लिगका दुई शिर्ष टोलिले असोज ३० गते उपाधिका लागि फाइनल खेल खेल्नेछ ।

    साफमा नेपालको खेल 
    माल्दिभ्स भर्सेस नेपाल - १६ असोज राति (९ः४५) बजे
    नेपाल भर्सेस श्रीलंका - १८ असोज राति (९ः४५) बजे
    नेपाल भर्सेस भारत - २४ असोज राति (९ः४५) बजे
    नेपाल भर्सेस बंगलादेश - २७ असोज अपरान्ह (४ः४५) बजे

    यस्तो साफको लागि नेपाली टोली : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ ,आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

    244176467_6502468946437667_2210435763839814786_n.jpg