शुक्रबार, भाद्र २६ गते २०८३
images

जसपाको पाँच जना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

एक्सप्रेस पाना
श्रावण २, २०७८ शनिबार
  • 366
    SHARES
  • जसपाको पाँच जना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

     जसपाको महन्थ ठाकुर पक्षमा पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन् ।

    images

    यस अघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

    महन्थ ठाकुरले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताए । ठाकुर पक्षका पाँच सांसद अहिले आफ्नो समूहको बैठकमा सहभागी भएको जसपा नेता इस्तियाक राईले बताएका छन् ।
    जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ ।

    images