शुक्रबार, भाद्र २६ गते २०८३
images

ललितपुरद्वारा भैरहवालाई १ सय ७८ रनको बलियो लक्ष्य

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 240
    SHARES
  • ललितपुरद्वारा भैरहवालाई १ सय ७८ रनको बलियो लक्ष्य

    असोज १४ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

    images

    टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यस्तै ललितपुरले बनाएको १७७ रन यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । यस सिजनमा यसअघि ललितपुरले काठमाडौंविरुद्ध पहिलो खेलमा १ सय ५७ रन बनाएको थियो । 

    ललितपुरका लागि सान्दुन विराक्कोडीले सर्वाधिक ५८ रनको योगदान दिए । सन्दीप जोरा ३८ रन, आजमतुल्लाह ओमरजाई ४२ रनमा क्याच आउट भए ।

    images

    यता भैरहवाका अभिनाष बोहराले २ विकेट लिए । कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १/१ विकेट लिए ।