बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 263
    SHARES
  • आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

    काठमाडौं । आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ ।  

    images

    हरेक बर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइने गरीन्छ । 

    जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

    images

    दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

    सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।