बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम-मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 234
    SHARES
  • आजको मौसम-मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूमागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।

    images

    मंगलबार बिहान कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    देशका बाँकी भूभागको मौसम दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images

    कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। 

    राति कोसी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा  मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।