बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 227
    SHARES
  • आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

    काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । 

    images

    सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ । हरेक प्रदेशमा रोजगार मेला दुई दिन सञ्चालन हुने छ । 


    मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । ललितपुरबाट मेलाको समापन हुने छ ।

    images

    श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

    श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतका स्टल रहनेछन् ।

     

  • सम्बन्धित विषय:

  • # श्रमाधान रोजगार मेला