शुक्रबार, भाद्र २६ गते २०८३
images

तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुने

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 252
    SHARES
  • तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुने

    असोज १४ बुटवल । नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ । महाधिवेशन यहीँ १६ असोजमा हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको हो ।

    images

    नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले महाधिवेशनमा ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने बताए । उनले १६ असोज विहान १० बजे होटल बोधी रेडसनमा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवबाट महाधिवेशनको उद्घाटन हुने जानकारी दिए । 

    'देशको मूल कानूनको आधारमा रही प्रदेशस्तरीय प्रदेश संघ समेत गठन भइसकेको र आगामी मंसिर महिनाभित्र ती प्रदेश संघको अधिवेशन सम्पन्न गरी प्रदेश संघको नेतृत्व चयन गरी स्थायित्व प्रदान गरिनेछ,' राणाले भने । संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र उक्त नेतृत्वले आगामी ४ वर्ष संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने उनले बताए ।

    images

    महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचनमार्फत निर्वाचित गर्ने राणाले जानकारी दिए । २०६६ सालमा वीरगंजमा भएको प्रथम केन्द्रीय महाधिवेशनले संघलाई संस्थागत रुपमा स्थापित गराउन सफल भएको राणाले जानकारी दिए । संघको तेस्रो महाधिवेशन २४ असोज २०७४ मा बाराको सिमरामा भएको थियो ।  तेक्वान्दो खेलमार्फत संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यमा लागे पनि सरकारले यो खेललाई फरक दृष्टिकोणले हेरेको अध्यक्ष राणाको गुनासो छ ।न्युज कारखाना