बिहीबार , कार्तिक २० गते २०८३
images
images

बिहीबार आएको हावाहुरी र असिना पानीले तनहुँको तीन सय ३३ घर गोठमा क्षति

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 280
    SHARES
  • बिहीबार आएको हावाहुरी र असिना पानीले तनहुँको तीन सय ३३ घर गोठमा क्षति

    काठमाडौं । बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले तनहुँको विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ ।

    images

    हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

    उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ । 

    images

    उनले भने, ‘हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।’ 

    क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्‍याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनले बताए ।

    चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्‍याएको छ । फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ ।

    जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत् पोल ढल्दा अवरोध बनेको छ । विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् ।

    व्यास नगरपालिका–१० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन् ।