बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 180
    SHARES
  • मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    images

    आज प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको  छ । 

    बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित अहिले हल्कदेखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज दिउँसो कोसी, मधेस, बागमती  र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  

    कोसी, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा, मधेस, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


    दिउँसो कोसी, मधेस, कर्णाली र लुम्बीनी प्रदेशका एकदुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोसी, बागमती  र गण्डकी प्रदेशका केही स्थान, मधेस, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, कर्णाली र लुम्बीनी प्रदेशका एकदुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।