बिहीबार , कार्तिक २० गते २०८३
images
images

आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था

एक्सप्रेस पाना
जेठ २४, २०८१ बिहीबार
  • 173
    SHARES
  • आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    images

    आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ भने अहिले कोसी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।  

    images

    दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बीनी र कोसी प्रदेशका एकदुई स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।