काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीबीच शिष्टाचार भेटघाट भएको छ।
बिहिबार मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्।
भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिहा हुने विश्वास व्यक्त गरे। गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेकोसमेत बताए।
नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने उनको भनाइ थियो।
.jpg)


