काठमाडौं । जारी टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।
भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाए पछि भारतले खेल ६ रनले जितेको हो ।
प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने।
टी–२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई–टि–२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो ।
यो जितपछि समुह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।


