मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एनपीएल सिजन-३:पोखरा एभेन्जर्समाथी लुम्बिनी लायन्सको शानदार जित

एक्सप्रेस पाना
कार्तिक १८, २०८३ मंगलबार
  • 36
    SHARES
  • एनपीएल सिजन-३:पोखरा एभेन्जर्समाथी लुम्बिनी लायन्सको शानदार जित

    काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पोखरा एभेन्जर्सलाई हराउदैँ लुम्बिनी लायन्स विजयी भएको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले पोखरालाई ८ विकेटले पराजित गरेको हो ।

    ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउदैँ लक्ष्य पुरा गरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सवाधिक ४७ रन बनाए भने निरोशन डिकवेलाले अविजित २७ रन जोडे ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३