काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ।
सोमबार टियु क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।
जितका लागि पाएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे।
यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे ।
सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए।
.jpg)


