काठमाडौं । आज देखी नेपालमा ‘मनसुन’ प्रवेश गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो।
महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ।’
भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।
मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमशस् देशमर फैलिने बताइएको छ ।
यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
.jpg)


