सोमबार, भाद्र २९ गते २०८३
images

टी२० विश्वकप २०२४- नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 285
    SHARES
  • टी२० विश्वकप २०२४- नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द

    काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । 

    images

    योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

    मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । 

    images

    आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

    नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

    नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने। 

    बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।