बिहीबार , कार्तिक २० गते २०८३
images
images

उद्योग तथा आपूर्तिमन्त्री भण्डारी र बेलायतका राजदूत फेनबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 225
    SHARES
  • उद्योग तथा आपूर्तिमन्त्री भण्डारी र बेलायतका राजदूत फेनबीच भेटवार्ता

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । 

    images

    बुधबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

    भेटमा मन्त्री भण्डारीले जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास गर्न आग्रह गरेका थिए ।

    images

    बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको बताएका थिए । नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता समेत राजदूतले व्यक्त गरेका थिए । बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको भन्दै नेपाल र विश्व बजारको बीचमा आफूले सेतुको भूमिका खेल्ने जनाए ।