सोमबार, भाद्र २९ गते २०८३
images

किरण बने नेपाली टिमबाट १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलर

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 321
    SHARES
  • किरण बने नेपाली टिमबाट १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलर

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण लिम्बूले १००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । किरणले मंगलबार राती यमनविरुद्धको खेलसँगै नेपाली टिमबाट १००औँ खेल को पूरा गरेका हुन् । 

    images

    साउदी अरेबियामा भएको उक्त खेलमा नेपाल २–२ को बराबरीमा रोकिएको थियो । नेपालले खेलको ९०औँ मिनेटसम्म २–१ को अग्रता बनाएको थियो । तर, ६ मिनेटको इन्जुरी समयमा गोल गर्दै यमन खेलमा फर्किएपछि नेपाल बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । 

    यो खेलसँगै किरण नेपाली टिमबाट १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलरसमेत बने । खेलपछि किरणलाई नेपाली टिमले १००औँ नम्बरको जर्सी प्रदान गर्दै सम्मान समेत गरेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # किरण लिम्बू