असोज १५ काठमाडौं । टियु अन्तर्राष्ट्रिय मैदानमा जारी चौथौ संस्करणको एभरेष्ट प्रिमिएर लिग (इपिएल)मा आजमतुल्लाह ओमरजाई र सान्दुन विराक्कोडीको सानदार अर्धशतकमा ललितपुर प्याट्रियटर्सले विराटनगर वारियर्सलाई इपिएल इतिहासकै सर्वाधिक ठूलो २ सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो ।
ललितपुरका ओपनर सान्दुन विराक्कोडी सर्वाधिक ७३ रनको योगदान दिए । त्यस्तै आजमतुल्लाह ओमरजाइ ५८ रनमा अविजित रहे । भने कुशल भुर्तेलले ३२, योगेन्द्र सिंह कार्की २७,जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।
विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी., रामनरेश गिरी र दिलशान मुनाविराले १/१ विकेट लिए ।


