सोमबार, भाद्र २९ गते २०८३
images

जारी टी–२० विश्वकपमा अमेरिकालाइ हराउँदै भारत सुपर आठमा

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 245
    SHARES
  • जारी टी–२० विश्वकपमा अमेरिकालाइ हराउँदै भारत सुपर आठमा

    काठमाडौं । जारी टी–२० विश्वकपमा अमेरिकालाइ हराउँदै भारत सुपर आठमा पुगेको छ । 

    images

    गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

    images

    यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो ।

    यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।

    अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।