बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 210
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ ।

    images

     बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ । 

    संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ । 

    images


    प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।