एजेन्सी । स्ट्राइकर ह्यारी केनको ह्याट्रिक मद्धतमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनहमले सानदार जित दर्ता गरेको छ । बिहीबार राति घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५-१ अन्तरको फराकिलो जित निकालेको हो ।
दोस्रो हाफमा मैदान छिरेका केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए । यस्तै डेल अली र जियोभानी लो सेल्सोले समान १/१ गोल गरे । मुराका जिगा कोअसले १ गोल फर्काए ।
उक्त जितसँगै टोटेनहम समूह ‘जी’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ४ अंकको रेनेस दोस्रो स्थानमा छ । भिटेसको ३ तथा मुरा अंकविहीन हुदै पुछारमा छ ।


