बिहीबार , कार्तिक २० गते २०८३
images
images

ताप्लेजुङमा वर्षासँगै आएको बाढीले पुल बगाउदा सडक अवरुद्ध

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 344
    SHARES
  • ताप्लेजुङमा वर्षासँगै आएको बाढीले पुल बगाउदा सडक अवरुद्ध

    काठमाडौं । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाउदा सडक अवरुद्ध भएको छ । 

    images

    बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

    तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । 

    images

    बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।