शुक्रबार, भाद्र २६ गते २०८३
images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 320
    SHARES
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

    images

    उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रा.लि.का अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन् । 

    समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन । 

    images

    ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक लिमिटेड
  • # होटेल आइकावा