सोमबार, भाद्र २९ गते २०८३
images

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

एक्सप्रेस पाना
आषाढ १, २०८१ शनिबार
  • 245
    SHARES
  • नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

    काठमाडौं । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।

    images

    नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

    images