बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 307
    SHARES
  • मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी र मधेस प्रदेशमा साधारणतया बदलीको अवस्था छ। त्यस्तै गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली छ भने बाँकी भूभागको मौसम आंशिक बदली छ। 

    images

    अहिले कोसी प्रदेशका केही स्थान तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानमामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    images

    कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक(दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिकदेखी  मौसम मुख्यतया सफा रहने छ। 

    कोसी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।