बिहीबार , कार्तिक २० गते २०८३
images
images

तराईका मध्य र पश्चिम भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 192
    SHARES
  • तराईका मध्य र पश्चिम भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका मध्य र पश्चिम भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना छ ।

    images

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तराईका भूभागमा असार ३ देखि ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । 

    images

    त्यसको असरबाट जोगित आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।