शुक्रबार, भाद्र २६ गते २०८३
images

एनभिए महिला भलिबल : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 258
    SHARES
  • एनभिए महिला भलिबल : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

    असोज १५ काठमाडौं । एनभिए राष्ट्रिय महिला च्याम्पियनसिपको महिलातर्फ साविक विजेता एपीएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधी नजिक पुगेको हो । 

    images

    निकै नै प्रतिस्पर्धात्मक चलेको पाँच सेटको खेलमा एपीएफले बलियो खेल देखाउँदै सेट ३–२ ले जितेको हो । पहिलो सेट जितेको एपीएफले लगातार दुई सेट  आर्मीलाई सुम्पिएको थियो । त्यसपछिको दुई सेटमा भने एपीएफ फर्कियो । 

    पहिलो सेटमा केही पछि परेको एपीएफले अन्तिममा बलियो खेल देखाउँदै आर्मीलाई २७–२५ ले पछि पार्यो । दोस्रो सेटमा १९–१९ को बराबरी अवस्थामा आर्मीले अग्रता बढाउँदै २५–२१ ले खेल आफ्नो नियन्त्रणमा राख्दै सेट १–१ मा पुर्यायो । खेलमा पुनः आर्मीले तेस्रो सेट आफ्नो पक्षमा पार्यो । आर्मीले तेस्रो सेट २७–२५ ले जित्दै स्थिति २–१ को बनायो । 

    images

    चौथो सेटमा एपीएफ खेलमा फर्कियो । खेलमा एपीएफले पुनरामगन गर्दै सेट २६–२४ ले जित्यो । चौथो सेटसँगै खेल २–२ को स्थितिमा बढ्यो । अन्तिम सेटको सुरुवाती चरणमा आर्मीले अग्रता बनाएको थियो । तर एपीएफले पुनरागमन गर्दै सेट १५–१३ ले जित्यो । 

    आर्मीमा राष्ट्रिय खेलाडी जानकी भण्डारी, सुनिता खड्का, साफिया पुनसहित पूर्वराष्ट्रिय खेलाडी कृपा अधिकारी रहेकी थिइन् । यता, एपीएफको टिममा सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, हिरा केसी र उषा विष्ट रहेका थिए । 

    आजै हुने दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले उपाधिका लागि एपीएफसँग खेल्नेछ । यस्तै, पुरुषतर्फको सेमिफाइनल खेल पनि आज नै हुने छ । पहिलो सेमिफाइनल खेलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।