बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र विश्व बैंकका प्रबन्ध निर्देशकबिच शिष्टाचार भेट

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 215
    SHARES
  • प्रधानमन्त्री दाहाल र विश्व बैंकका प्रबन्ध निर्देशकबिच शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन्।

    images

    सोमबार साँझ बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो। 

    भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा  भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताए।

    images

    आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक  सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाए। 

    नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।

    विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए।