काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १०४ रनको सहज जित निकाल्दै वेस्ट इन्डिज समूह विजेताका रूपमा सुपर–८ मा प्रवेश गरेको छ ।
मंगलबार बिहान भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १६.२ ओभरमा सबै विकेट गुमाएर ११४ रनमा समेटियो ।
अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए । अज्मतुल्लाह ओमरजाईले २३, कप्तान राशिद खाने १८ र करिम जन्नतले १४ रन थपे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


