बिहीबार , कार्तिक २० गते २०८३
images
images

गैरसरकारी संस्थाको सहयोग नलिन संघीय संसद् सचिवालयको निर्देशन

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 261
    SHARES
  • गैरसरकारी संस्थाको सहयोग नलिन संघीय संसद् सचिवालयको निर्देशन

    काठमाडौं । संघीय संसद् सचिवालयले गैरसरकारी संस्थाको सहयोग नलिन आफू मातहत समितिहरूलाई निर्देशन दिएको छ । 

    images

    मंगलबार सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएका हुन् । 

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो । 

    images

    गएको आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक नै स्थगित भएको थियो । यसपछि सचिवालयले सो निर्देशन दिएको हो ।