सोमबार, भाद्र २९ गते २०८३
images

युरोकपमा पोर्चुगलको विजयी शुरुवात

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 284
    SHARES
  • युरोकपमा पोर्चुगलको विजयी शुरुवात

    काठमाडौं । पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ ।

    images

    गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    १–० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो ।

    images

    पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

    अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ ।
     

  • सम्बन्धित विषय:

  • # युरोकप