काठमाडौं । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।
उपत्यका प्रहरी प्रमुख एआई दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।
उनी नेपाल प्रहरीको कार्यदलबाट खटिएका थिए । उनले एसएलआरबाट गोली चलाएको र सो गोली निधारमा लागेको खुलेको छ ।
प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । घटनाको थप विवरण आउन बाकी छ ।
.jpg)


