काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् ।
बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको छ ।
उनले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सीकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताए । उनले स्काउटका सम्पत्तिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने,"स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरू नबिर्सीकन, आफ्नो जरा नबिर्सीकन । धेरै जसो संस्थाहरु समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सीकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।"
उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए ।


