असोज १५ काठमाडौं । साविकको विजेता ललितपुर प्याट्रीयट्सले चौथौ एभरेस्ट प्रिमियर लिग (इपिएल) टि२० क्रिकेटमा प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
शुक्रबार कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा भएको पहिलो खेलमा ललितपुरले बिराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो । ललितपुरको जितमा अफगानिस्तानी खेलाडी ओमारजाईले उत्कृष्ट प्रदर्शन गरे । उनले ५८ रन बनाउनुका साथै ४ विकेट समेत हात पारे ।
इपिएल क्रिकेटमा कीर्तिमानी २२७ रनको लक्ष्य पाएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउदै १८९ रन मात्र बनायो । विराटनगरको लागि दिल्शान मुनावीराले सर्बाधिक ५९ रन बनाए । यस्तै विराटनगरका लागि आशिफ सेखले ३७, चद्रपौल हेमराजले २८, सिकन्दर राजाले २४ रन बनाए ।
ललितपुरका अज्मातुल्लाह ओमार्जाइले ४ विकेट लिए । यस्तै ललित राजवंशीले २ विकेट लिएका थिए भने योगेन्द्र सिंह कार्कीले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर इपिएलकै सर्बाधिक २२६ रन बनाएको थियो ।


