बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्रीले  सांसदले उठाएका प्रश्नको जवाफ दिने

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 264
    SHARES
  • प्रतिनिधिसभामा  बैठकमा प्रधानमन्त्रीले  सांसदले उठाएका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
     
    प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

    images

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ ।

    विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले दिनेछन् ।

    images