बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने क्रमजारी

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 196
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने क्रमजारी

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

    images

    बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेगरी बोलाइएको छ । 

    आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

    images

     विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा समाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत मन्त्रीहरूले जवाफ दिने छन् ।